बैङ्कको हाकिम भएको बताउँदै ठगी गर्ने एक पक्राउ

काठमाडाैं | पुस २१, २०७९

बैङ्कको हाकिम भएको बताउँदै ठगी गर्ने एक पक्राउ

धनगढी:  आफूलाई बैङ्क तथा वित्तीय संस्थाको हाकिम बताउँदै कैलाली, कञ्चनपुरमा ठगी गर्दै आएका नटवरलाल भनिने ३५ वर्षीय पदमराज भट्टलाई कैलाली प्रहरीले पक्राउ गरेको छ। 


दार्चुलाको लेकम गाउँपालिका–१ का  भट्टलाई वडा प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–३ बाट पक्राउ गरेको हो। 


सशस्त्र प्रहरीका भगौडासमेत रहेका उनले डर, त्रास देखाएर ठगी गर्दै आएका थिए। यसैगरी, विभिन्न प्रलोभन देखाएर ललाई फकाई महिलाको अश्लील भिडियो बनाउने र उनीहरूलाई ‘ब्ल्याकमेल’ गर्ने गरेका थिए। उनी यसअघि पनि विभिन्न अपराधमा कारागार बसिसकेका व्यक्ति हुन्। 


नटवरलाल भट्टलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो। उहाँले भट्टबाट ठगिएका पीडितलाई प्रमाणसहित जाहेरी दरखास्त लिएर जिल्ला प्रहरी कार्यालयमा सम्पर्कमा आउनसमेत अनुरोध गर्नु भएको छ। 

पोखरा ।   गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...

थप पढ्नुहोस्

पोखरा ।   जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...

थप पढ्नुहोस्

पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

थप पढ्नुहोस्